काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने चेतावनी दिएका छन् ।
व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका प्रसाईँले आइतबार पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् ।
प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरे।
उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए ।
प्रसाईँले भने,’झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।’
प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे ।
Leave a Reply