Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एनआईसी बैंकलाई फाइनान्सिङ पार्टनर बनाउन सिजी मोटोकर्पसँग समझदारी

    एनआईसी बैंकलाई फाइनान्सिङ पार्टनर बनाउन सिजी मोटोकर्पसँग समझदारी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। एनआईसी एशिया बैंक र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रालिबीच बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ ।

    समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीतथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका छन्।



    उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्प प्रालिले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्पका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।



    बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत सुजुकी ब्राण्डका सवारी ग्राहकहरूले खरिद गर्न सक्नेछन्।

    यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहक हरूका लागि लागु हुनेछ ।

    एनआईसी बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ ।  सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी  बैंक र सिजी मोटोकर्पबीच भएको छ ।

    यो सुविधा सिजी मोटोकर्पका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

    बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ ।

    एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

    सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको Loan Benefit Calculator बाट हेर्न सकिने व्यवस्था गरेको छ ।

    साथै कर्जाका निम्ति आफ्नो योग्यता जाँच्न समेत बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरूले सक्नुहुनेछ र योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार