Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाका कारण सिरहामा एक युवकको मृत्‍यु ,नेपालमा मृतकको संख्या ६६ पुग्यो

    कोरोनाका कारण सिरहामा एक युवकको मृत्‍यु ,नेपालमा मृतकको संख्या ६६ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 3K
    SHARES

    जनकपुर । सिरहामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक युवकको मृत्‍यु भएको छ। बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको ति धरानमा मृत्यु भएको छ ।

    किड्नीको समस्या रहेका उनको उपचारका क्रममा निधन भएको हो। उनको शव सिरहा ल्याउन तयारी भइरहेको छ । युवकको दाह संस्कार नेपाली सेनाले गर्नेछ। यो सहितनेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्‍यु हुनेको संख्या ६६ पुगेको छ।



    कोरोना संक्रमितको संख्या२१ हजार नाघेको छ भने निको हुनेको संख्या पनि १५ हजार नाघिसकेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार