Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आजको मौसम: चट्याङ्गसहित वर्षाको सम्भावना

    आजको मौसम: चट्याङ्गसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेकाे छ। सूचना गर्दै विभागले मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

    मौसम विज्ञान विभागका देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा एक वा दुई स्थानहरूमा हल्का बर्षा भइरहेको छ



    मौसम विज्ञान विभागले दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।



    यसैगरी, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार