Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • अनुशासन र देशप्रेमको भावनाबाटै नयाँ पुस्ता सबल बन्छ : प्रधान सेनापति शर्मा

    अनुशासन र देशप्रेमको भावनाबाटै नयाँ पुस्ता सबल बन्छ : प्रधान सेनापति शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 936
    SHARES

    पोखरा । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन् ।

    सैनिक आवासीय महाविद्याल, पोखराको १९औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताए ।



    शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उनले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताए । शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।



    महाविद्यालयमा व्यवस्थापनतर्फ बीबीएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उनले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुआत भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराए ।

    घरपरिवारबाटै उचित शिक्षा, दिक्षा र संस्कारको विकास भई विद्यालय, महाविद्यालयमा अध्ययन गरेपश्चात् समाज र राष्ट्रको सेवा गर्ने व्यक्तित्वका रुपमा विकास गर्न सकिने धारणा प्रधानसेनापति शर्माले राखे ।

    सैनिक कल्याणकारी कोषमार्फत सेनाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा योगदान पुु¥याउँदै आएको बताउँदै उनले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा परेको बताए । कोषकै सक्रियतामा देशका विभिन्न भागमा विद्यालय, महाविद्यालय, अस्पताल निर्माण भएको उनले बताए ।

    प्रधानसेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गरे । विद्यालयका विद्यार्थीबाट नेपालका जातजातिका विभिन्न झाँकी, सांस्कृतिक कार्यक्रम, खुकुरी ड्रिल तथा तेक्वान्दो, कराँते प्रदर्शन गरिएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार