Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई प्राधिकरणको सात दिने स्पष्टीकरण

    निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई प्राधिकरणको सात दिने स्पष्टीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 864
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

    प्राधिकरणले निगमकै सुरक्षा व्यवस्थापनको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको उल्लेख गर्दै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेको हो।



    शुक्रबार प्राधिकरणले पत्र काटेर अधिकारीलाई ‘अकाउन्टेबल म्यानेजर’बाट किन हटाउन नहुने भनेर स्पष्टीकरण सोधेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनीमाथि नियामको निर्देशन पालना नगरेको र निगमभित्रको कमजोरीमा सुधार नगरेको आरोप छ ।



    प्राधिकरणले यसअघि सोधेका स्पष्टीकरणमा जनाएका प्रतिबद्धता पालना नगरेकाले अन्तिमपटक स्पष्टीकरण सोधेको जनाएको छ । यस्तै, प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय गरेको छ । प्रा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार