Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    रसुवा । रसुवामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङ रहेका छन् ।



    ६५ वर्षे बुवा छेवाङ तामाङको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।



    गोपालले ६५ वर्षे बुबा छेवाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको थियो ।

    परीक्षणका लागि शव रसुवा अस्पताल पुर्‍याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार