Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अर्थतन्त्रमा समस्या देखाएर स्वार्थ समूहले फाइदा लिन खोज्यो : रक्षामन्त्री खड्का

    अर्थतन्त्रमा समस्या देखाएर स्वार्थ समूहले फाइदा लिन खोज्यो : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 684
    SHARES

    काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रको समस्या देखाएर स्वार्थ समूहले फाइदा लिन खोजिरहेको टिप्पणी गरेका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताए।



    रक्षामन्त्री खड्काले भने,‘अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको छ । सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्छ, प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने छ ।’



    सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी छ ।

    रक्षामन्त्री खड्काले अर्थतन्त्र जोखिममुक्त भने नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार