अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा घास काट्ने क्रममा खरबारीबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार जिल्लाको छत्रदेव गाउँपालिका ८, काफलडाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा मृत्यु भएको हो ।
४८ वर्षीय बिक बिहान घर नजिकै घाँस काट्न गएका थिए । खरबारीमा चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागि गुल्मी जिल्ला अस्पताल लगिएको थियो ।
बेलुका पौने ६ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको अर्घाखाँची प्रहरीले जनाएको छ ।
Leave a Reply