काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएपछि सरकारले अध्ययन समिति बनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको हो ।
समितिमा वैदेशिक रोजगार शाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम रहेका छन् । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।
सरकारका प्रवक्ता रेखा शर्माले पनि रुसी सेनामा कार्यरत नेपालीहरूको तथ्यांक सरकारसँग नभएको स्पष्ट पारेकी थिइन् ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले कतिपय नेपाली युवाहरू दलालमार्फत् विदेश गएकाले सरकारसँग एकीन तथ्यांक नभएको बताइन् ।
Leave a Reply