Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका ३१ यात्रुसँग मन्त्री किराँतीले मागे माफी

    प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका ३१ यात्रुसँग मन्त्री किराँतीले मागे माफी

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 618
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको यूएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छाडिएकोप्रति माफी मागेका छन् ।

    बिहीवार काठमाडौँमा भएको एक सार्वजनिक कार्यक्रममा उनले माफी मागेका हुन् । उनले २७४ जना यात्रुमध्ये ३१ जना छाडिएको र उनीहरूलाई सरकारले नै होटलमा राखेर आज गन्तव्यमा पठाएको बताए।



    उनले भने, ‘उहाँहरूसँग सम्बन्धित निकायले माफी पनि मागेको छ। मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु। नियमअनुसार नै उहाँहरूलाई होटलमा राखेर आज गन्तव्यमा पठाएका छौँ।’



    उनले भीभीआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार