काठमाडौं । नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।
नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो ।
दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ ।
Leave a Reply