काठमाडौं।काठमाडौंमा एसिड प्रहारको घटना सेलाउन नपाउँदै चुच्चेपाटीमा त्यस्तै खालको एउटा घटना घटाइएको छ।
हेटौंडा घर भई चुच्चेपाटी डेरा गरि बस्ने राजन विष्टले घरायसी विवादमा श्रीमती र छोरीलाई एसिड जस्तै केमिकल थिनर प्रहार गरेका हुन्।
मदिरा सेवान गरेका उनले उनले एसिड भन्दै थिनर प्रहार गर्दा छोरीको आँखामा चोट लागेको छ भने श्रीमती पनि घाइते भएकी छन्। छोरीको तिलगंगा आखाँ अस्पतालमा उपचार भइरहेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाालीले थिनर प्रहार गर्ने बिष्टलाई पक्राउ गरिसकिएको वताए ।
यसअघी साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो ।
Leave a Reply