Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • डाक्टर कुट्नेलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयबाहिर स्वास्थ्यकर्मीको प्रदर्शन

    डाक्टर कुट्नेलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयबाहिर स्वास्थ्यकर्मीको प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 780
    SHARES

    बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् ।

    नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, निजी अस्पताल ब्यवसायी संघ , आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएका हुन् ।



    सुत्केरीको उपचारका क्रममा मृत्यु भएको विषयमा छलफल गर्ने क्रममा मेसु डाक्टर राजेन्द्र बस्यालमाथि मृतकका आफन्तले आक्रमण गरेपछि गम्भीर घाइते उनको आईसीयूमा उपचार भइरहेको छ ।



    उनीहरुले आम्दाका मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन्।

    उक्त घटनामा आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि कुटपिट गरेका थिए ।

    कुटपिटमा संलग्नको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार