Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नेपाल सुपर लिग : ललितपुर र पोखराले खेले गोलरहित बराबरी

    नेपाल सुपर लिग : ललितपुर र पोखराले खेले गोलरहित बराबरी

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 924
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।

    बुधबार साँझ दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।



    यसअघि दुवै टिमले पहिलो खेलमा जित निकालेका थिए। पोखराले चितवनलाई र ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो । दोस्रो खेलमा बराबरी खेलेसँगै ललितपुर ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।



    दोस्रो स्थानको पोखरा र तेस्रो स्थानको काठमाडौं रेजर्सको पनि समान ४ अंक भए पनि गोलअन्तरमा पछि परेका छन् । प्रतियोगितामा बिहीवार धनगढी एफसी र बुटवल एफसीबीच खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार