Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • रास्वपाले टुंगो लगायो पार्टीको राजनीतिक मार्ग

    रास्वपाले टुंगो लगायो पार्टीको राजनीतिक मार्ग

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 858
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पार्टीको मुख्य राजनीतिक मार्ग टुंगो लगाएको छ ।

    रास्वपाले आफूलाई पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा उभ्याएको हो ।



    अब रास्वपाको औपचारिक राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक हुनेछ । बैठकले पार्टीको मूल दस्तावेको प्रस्तावना पारित गरेको छ ।



    उक्त प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको उल्लेख छ ।

    लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत-साधनको दीगो परिचालनको नीति लिने रास्वपाको दस्तावेजमा उल्लेख छ ।

    उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको रास्वपाको भनाइ छ ।

    रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्ने प्रस्तावनामा उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार