Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिनको रिहाइका लागि पहल गर्ने

    परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिनको रिहाइका लागि पहल गर्ने

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 513
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् ।

    विद्रोही हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री साउद मङ्सिर २३ मा कतार जान लागेका हुन् ।



    यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।



    जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मङ्सिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

    परराष्ट्र मन्त्री साउदले आज गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् ।

    कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार