Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सुत्केरीको मृत्यु भएपछि अस्पतालका मेसुमाथि कुटपिट

    सुत्केरीको मृत्यु भएपछि अस्पतालका मेसुमाथि कुटपिट

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 717
    SHARES

    बुटवल। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमाथि हातपात गरेका छन् ।

    गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर राजेन्द्र बस्याल बस्यालमाथि कुटपिट गरेका हुन् ।



    कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।



    सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पतालका प्रशासनले जनाएको छ ।

    मेसु बस्यालमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार