काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र काठमाडौं रेजर्सले रोमाञ्चक बराबरी खेलेका छन् ।
मंगलबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवन र काठमाडौंले १–१ गोलको बराबरी खेलेका हुन् ।
दुवै गोल दोस्रो हाफमा भयो । खेलको ८७ औँ मिनेटमा काठमाडौंका खेलाडीले आत्मघाती गोल गरेपछि चितवनले अग्रता लिएको थियो । तर त्यो अग्रता धेरैबेर टिक्न सकेन ।
त्यसपछि खेलको ९० मिनेटमा काठमाण्डौका जुनियर एनकङ्गोले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए । काठमाडौँले पहिलो खेलमा इलाम विरुद्ध जितेको थियो भने चितवनले पोखरा सँग हार ब्यहोर्न परेको थियो।
Leave a Reply