Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • भूकम्प प्रभावितका लागि टानले गर्यो ५० लाख सहयोग

    भूकम्प प्रभावितका लागि टानले गर्यो ५० लाख सहयोग

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 513
    SHARES

    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प प्रभावित जिल्लाका प्रभावितको राहतका लागि ५० लाख रुपैयाँ बढी सहयोग गरेको छ।

    टानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ५० लाख ५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।



    उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको बताइएको छ। कात्तिक १७ गते राति जाजरकोटको केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको थियो।



    भूकम्पबाट सयौं निजी घर तथा सार्वजनिक भवन लगायत संरचना भत्किएका छन्। अहिले सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिएको बताएको छ।

    जसअन्तर्गत अस्थायी आवास निर्माणका लागि प्रदान गरिने ५० हजार रुपैयाँको पहिलो किस्ताको रकम वितरण गर्न स्थानीय तहहरुमा हस्तान्तरण गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार