Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बालिका हत्याको आरोपीमा भारतीय नागरिक जेल चलान

    बालिका हत्याको आरोपीमा भारतीय नागरिक जेल चलान

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 762
    SHARES

    फाइल फोटो

    बाँके । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन्।

    भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो।



    भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए।



    चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको मुख थुनेर हत्या गरेका थिए ।

    अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन्। शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार