Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – प्रतिगमनकारीहरू इतिहासको चक्का पछाडि धकेल्न खोज्दैछन्

    प्रधानमन्त्री प्रचण्डले भने – प्रतिगमनकारीहरू इतिहासको चक्का पछाडि धकेल्न खोज्दैछन्

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 555
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जटिलताको बीचमा पनि सरकारले राम्रो काम गरेको दाबी गरेका छन् ।

    सोमबार नेकपा माओवादी केन्द्रको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले गठबन्धनदेखि प्रमुख प्रतिपक्ष दलसँग संवाद गरिराख्नुपर्ने अवस्था रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले जटिलताको बीचमा पनि, अप्ठेरो अवस्थामा पनि यो माओवादीको मात्रै सरकार होइन । गठबन्धनलाई पनि चित्त बुझाएर अघि बढ्नुपर्छ । फेरि राजनीतिक रुपमा जुन उतारचढाव हुन खोजेको छ, त्यसलाई मिलाउन पनि प्रतिपक्षसँग संवाद गरिराख्नुपर्ने अवस्था छ । त्यो सबै गर्दै पनि विकासलाई गति दिने कोसिस गरिरहेका छौं ।’

    देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय पहिचानलाई अझ सुदृढ गर्न र राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्न सरकार गम्भीर रुपले लागिरहेको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार