Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • गणतन्त्र विरोधीहरुले भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजे : प्रधानमन्त्री प्रचण्ड

    गणतन्त्र विरोधीहरुले भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजे : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 477
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाउन खोजिएको बताएका छन् ।

    छैठौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताए। उनले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको स्पष्ट पारे।



    प्रधानमन्त्री प्रचण्डले भने,’संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्यव्यवस्थाविरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएका छन् । इतिहासको चक्कालाई पछाडि धकेल्ने कोसिस देखिएका छन् । तथ्य के हो भने इतिहास अग्रगमनतिरै अगाडि बढ्छ, पछाडि फर्किँदैन ।यो परिवर्तनकावाहक दल, नेता, संघसंस्था, बुद्धिजिवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ ।’

    मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ।

    प्रधानमन्त्रीले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल लिइराखेको पनि बताए ।

    उनले अर्थतन्त्रमा देखिएका तमाम समस्या हल गर्न राजनीतिक दल, अर्थविद्, निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार