काठमाडौं । वैदेशिक रोजगार विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने काम अवरुद्ध भएको छ ।
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिसको सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट लिने श्रम स्वीकृति रोकिएको हो ।
विभागको सर्भरमा समस्या देखिएपछि अनलाइनबाट नयाँ लिने संस्थागत र व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्विकृति लिने जस्ता कार्यहरु आइतवारदेखि रोकिएको विभागले जनाएको छ ।
विभागले एक सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । विभागको डाटा सिंहदरवारमा रहेको एकिकृत डाटा सेन्टरमामा फाइल सार्ने काम भइरहेको छ ।
सोक्रममा विभागको सिस्टममा नयाँ कागजातहरु अपलोड गर्ने जस्ता कार्यहरु रोकिएको वैदेशिक रोजगारी विभागले जनाएको छ । केही वर्षयता वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट श्रम र पुनः श्रम स्वीकृतिको सेवा दिदै आएको छ ।
Leave a Reply