Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रहरी जवानलाई गोली हान्ने असई यादव निलम्बित

    प्रहरी जवानलाई गोली हान्ने असई यादव निलम्बित

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 1.4K
    SHARES

    महोत्तरी। पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् ।

    महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।



    आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेका हुन् ।



    डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।

    घटना सार्वजनिक भएपछि महोत्तरी प्रहरीले असई यादवलाई निलम्बन प्रक्रियाको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र पठाएको थियो ।

    एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए ।

    भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खबर गरेका थिए । घटनाको छानबिन गर्न महोत्तरी प्रहरीले छानविन टोलि गठन गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार