Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • बुक बिल्डिङबाट आएको सर्वोत्तमको सेयर सर्वसाधारणले ३६० मा पाउने

    बुक बिल्डिङबाट आएको सर्वोत्तमको सेयर सर्वसाधारणले ३६० मा पाउने

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 768
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री भएको सर्वोत्तम सिमेन्टको कटअफ प्राइस ४०१ कायम भएको छ।

    कम्पनीको सेयरमा ४१ योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाएका थिए। कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरिरहेको हो।



    अब सर्वसाधारणलाई कम्पनीले प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा बिक्री गर्नेछ। संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ।



    यही कारण सर्वसाधारणले ३ सय ६० रूपैयाँ ९० पैसामा सेयर पाउने भएका हुन्। सर्वसाधारणमा ३६ लाख कित्ता सेयर जारी हुनेछ। सुरूमा मूल्य निर्धारणको लागि कम्पनीले ५ सय १ देखि ७ सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो।

    त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रूपैयाँसम्म निर्धारण भएको हो। कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत सेयर यसरी संस्थागत योग्य लगानीकर्तामा बिक्री गरेको हो।

    कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। इक्रा नेपालले कम्पनीलाई ‘ट्रिपल बी’ रेटिङ दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार