Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना पुष्टि भएका मन्त्री यादवको प्रधानमन्त्रीदेखि आईजीपीसम्म भेटघाट

    कोरोना पुष्टि भएका मन्त्री यादवको प्रधानमन्त्रीदेखि आईजीपीसम्म भेटघाट

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 4.9K
    SHARES

    साउन १६ गते प्रधानमन्त्री कार्यालयमा प्रदेशमन्त्री यादव। (तस्विर स्राेत : पहिलाे पाेष्ट)

    काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले आइतबारमात्रै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि देशका शीर्ष नेताहरू र नेपाल प्रहरीका आईजीपी सैलेश थापालाई भेटेको खुलेको छ ।

    मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।



    त्यतिबेला यादवले प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक थापालगायतसँग भेटघाट गरेका थिए।



    मन्त्री यादवले बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।

    आइतवार काठमाडौंबाट फर्केर सोमवार स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार