काठमाडौं । गत २४ घन्टामा भारतमा सबैभन्दा धेरै नयाँ कोराना संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा ५६ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म १९ लाख ६३ हजार २ सय ३९ पुगेका छन् ।
त्यस्तै ब्राजिलमा ५४ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म २८ लाख ६२ हजार ७ सय ६१ पुगेका छन् भने अमेरिकामा ५४ हजार ६ सय ७४ थपिएसँगै ४९ लाख ७३ हजार ९४ जना संक्रमित पुगेका छन् ।
गत २४ घन्टामा ज्यान गुमाउनेको संख्या भने सबैभन्दा धेरै ब्राजिलमा पुगेको छ । ब्राजिलमा १ हजार ३ सय २२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार २ सय ८७ जना नयाँ संक्रमितको मृत्यु भएको छ । त्यस्तै भारतमा ९ सय १९ जनाको मृत्यु भएको छ ।
गत २४ घन्टामा विश्वभर २ लाख ६२ हजार ३८ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म १ करोड ८९ लाख ५६ हजार ११ जना संक्रमित पुगेका छन् भने ६ हजार ५ सय ८० जना नयाँ मृतकसँगै ७ लाख १० हजार २९ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वमा १ करोड २१ लाख ४१ हजार ६ सय २२ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन् । ती मध्ये सबैभन्दा धेरै कोरोनामुक्त अमेरिकामा २५ लाख २९ हजार ६ सय ४० पुगेका छन् भने ब्राजिलमा २० लाख २० हजार ६ सय ३७ र भारतमा १३ लाख २७ हजार २ सय कोरोनामुक्त भइसकेका छन् ।
Leave a Reply