काठमाडौं । त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या देखिएको छ ।
विमानस्थल स्रोतका अनुसार प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान पुनः काठमाडौं फर्काइएको हो ।
काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक अवतरण गरिएको बताइएको छ ।
एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु रहेका थिए ।
Leave a Reply