Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • दुर्गा प्रसाईंले भने – राजतन्त्र जनताले नै ढालेका हुन्, तर नेताहरूले सम्झन बाध्य बनाए

    दुर्गा प्रसाईंले भने – राजतन्त्र जनताले नै ढालेका हुन्, तर नेताहरूले सम्झन बाध्य बनाए

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 852
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजतन्त्र पुनर्स्थापना गर्न नेताहरूले बाध्य बनाएको बताएका छन् ।

    काठमाडौंको सिफलमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो बताएका हुन् ।



    कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै पद नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको दाबी गरे ।



    प्रसाईंले भने,’हिजो राजा हामीले नै खेदेको हो । तर आज प्रचण्ड, शेरबहादुर र केपी ओलीले राजा सम्झन बाध्य बनाए । तपाईँहरू आफूलाई राजावादी भन्नुहुन्छ । तर सही आन्दोलनलाई साथ दिनुहुन्न ।’

    आफूलाई राजावादी भन्नेहरूलाई पनि उनले आफ्नो आन्दोलनलाई समर्थन गर्न आग्रह गरे । उनले राजावादीलाई पनि राजावादी नभएर आफूहरुको आन्दोलनमा राष्ट्रवादी भएर नेपालको झण्डा बोकेर आउन आह्वान गरे ।

    नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने उनको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै पद नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार