काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो दिन आज दुई खेल हुँदै छन् ।
पहिलो खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।
आज हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटलव लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे हुनेछ । शुक्रबारदेखि शुरु भएको दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टिमको सहभागिता छ ।
प्रतियोगिता काठमाण्डौ रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स छन् ।
Leave a Reply