Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नेपालको उच्चशिक्षा चुनौतीको सँघारमा पुगेको छ : प्रधानमन्त्री प्रचण्ड

    नेपालको उच्चशिक्षा चुनौतीको सँघारमा पुगेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 669
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताका छन् ।

    काठमाडौं विश्वविद्यालयमा आयोजित राष्ट्रिय उपकुलपति सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले विश्वविद्यालयले नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम कुनै निहीत र स्वार्थयुक्त रूपमा सञ्चालन हुन नहुने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यसको विकल्प खोज्दा विश्वविद्यालयको नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम सञ्चालनसम्म कुनै निहीत स्वार्थयुक्त समूहको जकडमा नपरुन् भन्नेतर्फ पनि उत्तिकै सजग हुन आवश्यक छ । विश्वविद्यालयहरू आफ्नै स्रोत साधनबाट सञ्चालन हुन सक्ने हुँदा नयाँ विकल्प खोज्न सक्नेछन् ।’

    नेपालको उच्च शिक्षालाई नेतृत्व गर्ने विश्वविद्यालयका उच्च पदाधिकारी र विद्वानहरूलाई एकै थलोमा आमन्त्रण गरेर ‘उच्च शिक्षाका मापदण्डमा एकरूपता र अन्तर्राष्ट्रियकरण’को सार विषयमाथि छलफल गर्ने यो प्रयास अत्यन्तै समसामयिक र सह्रानीय रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार