काठमाडौं । प्रहरीले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का,मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही र आवास खड्का रहेका छन् ।
सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।
पक्राउको कारण प्रहरीले खुलाएको छैन । प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।
Leave a Reply