Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जातीय छुवाछुत मुद्दामा वडाध्यक्ष अधिकारी दोषी ठहर, साढे चार महिना कैद

    जातीय छुवाछुत मुद्दामा वडाध्यक्ष अधिकारी दोषी ठहर, साढे चार महिना कैद

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 798
    SHARES

    फाइल तस्विर

    कास्की । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी दोषी ठहर भएका छन् ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश अवानी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई दोषी ठहर गरेको हो ।



    इजलासले छुवाछुत कसुरमा अधिकारीलाई साढे ४ महिना कैद सजाय, ७५ हजार जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न पनि आदेश दिएको अदालतले जनाएको छ ।



    पोखरा महानगर–२४ का वडाध्यक्ष अधिकारीले सोही वडाका दलित महिला सदस्य मैया नेपालीलाई जातीय विभेद तथा दुर्व्यवहार गरेका थिए। कास्कीकोटमा पुस १८ गते आयोजित सार्वजनिक कार्यक्रममा आफूलाई जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै नेपालीले पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

    अधिकारी यसअगाडि धरौटीमा छुटेका थिए । गत माघ ९ गते एक लाख ५० हजार रुपैयाँ तिरेर धरौटीमा छुटेका अधिकारीविरुद्धको मुद्दामा अदालतले बिहीबार सो फैसला गरेको हो । अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार