रूपन्देही । बुटवलबाट ७ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय सुनील श्रेष्ठ, बुटवल–९ बस्ने २१ वर्षका साहिल थापा र तिलोत्तमा नगरपालिका वडा–७ बस्ने २९ वर्षका सागर लम्साल रहेका छन् ।
लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, बुटवलले बुटवल–११ देवीनगरबाट ७ ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई लागुऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Leave a Reply