मोरङ। विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ ।
अज बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ । प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो ।
भारत लैजानका लागि खेतमा लुकाएर राखेको हुनसक्ने मोरङ प्रहरीको आकलन छ ।
Leave a Reply