काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १ः१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
मकवानपुरको चित्लाङ आसापास ४.५ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । जसको गहिराई ३७ किलोमिटर रहेको बताइएको छ।
यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्पन गएको थियो ।
Leave a Reply