Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सिंहदरबारको रेट्रोफिटिङ गरेको भवनमा सरे प्रधानमन्त्री प्रचण्ड

    सिंहदरबारको रेट्रोफिटिङ गरेको भवनमा सरे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 654
    SHARES

    काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् ।

    भूकम्पबाट क्षति भएको संरचनालाई पुनर्निर्माण गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सरेका हुन् ।



    नयाँ कार्यालयमा सरेको अवसरमा छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘१२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पुरा भएको छ । पहिलेको ठाउँमा बस्दा गुम्म परेको, फ्रेस नहुने जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा बरन्डाहरू पनि हेर्न पाइने, स्पेस पनि ठुलो छ, त्यसैले अलि बढी फुर्छ होला भन्ने महसुस गरेको छु । अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ ।’

    उनले पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाएकोमा सहरी विकास मन्त्री सीता गुरुङलाई आभार व्यक्त गरे भने पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर पुनर्निर्माण गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार