Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्दार

    कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्दार

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडाैं । राष्ट्रिय बालअधिकार परिषद र केन्द्रीय बालबालिका खोज तलास केन्द्रले काठमाडौंको कपनस्थित केयर बालगृहमा बसेका ११ जना बालिकाको उद्दार गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ११ स्थित सो बालगृहकी सञ्चालक पुष्पा अधिकारीले केही दिनअघि एक शिशु भेटिएको भन्दै सार्वजनिक गरेर विवादमा परेपछि बालगृहमा रहेका बालिकाको वडाध्यक्ष राजु अधिकारीको रोहबरमा उद्दार गरिएको हो।

    “उहाँ (सञ्चालक) विवादमा परेपछि प्रहरीले निगरानीमा राखेको छ, त्यसैले बालबालिकालाई परिषद र खोजतलास केन्द्रले लगेको हो,” वडाध्यक्ष अधिकारीले भने। बालगृहकी सञ्चालक अधिकारीले आफ्नै घरमा ती बालिकाहरू राख्दै आएको वडाध्यक्ष अधिकारीले बताए।



    ती बालिकाहरूलाई अस्थायी संरक्षण केन्द्रमा राख्ने र परिवार भएकाहरू भए परिवारको जिम्मा लगाउने र नभएकालाई बाल आवास गृहमा राख्ने परिषदले जनाएको छ।



    बालगृहकी सञ्चालक अधिकारीले केही दिनअघि एक बच्चा सार्वजनिक ठाउँमा कसैले छोडेको अवस्थामा भेटिएको भन्दै युट्युवहरूमार्फत सार्वजनिक गरेर आर्थिक सहयोग माग गरेको भन्दै प्रहरीले निगरानीमा राखेको छ। भेटिएको भनिएको बच्चालाई प्रहरीले उनकै आमालाई जिम्मा लगाइसकेको छ।‍ ‌

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार