Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • साना हतियार भित्रन सक्ने आशंकामा काठमाडौंका सबै नाकामा कडा चेकजाँच

    साना हतियार भित्रन सक्ने आशंकामा काठमाडौंका सबै नाकामा कडा चेकजाँच

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 924
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ ।

    भोलि मंसिर ७ गते एकै दिन काठमाडौंको तीनकुने र बल्खुमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणाको आह्वान गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो ।



    प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारीसाधनको विशेष चेकजाँच शुरू गरेको छ । विशेष गरी मोटरसाइकलबाट साना हतियार भित्रन सक्ने आशंका गर्दै प्रहरीले मोटरसाइकल र स्कुटरको डिकी खोलेर चेकजाँच शुरू गरेको छ भने सबै सवारीसाधनमा चेकजाँच शुरू गरेको छ ।



    प्रहरीले सोमबार रातिदेखि सबै नाकामा सशस्त्र र नेपाल प्रहरीले चेकजाँच शुरू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले चेकजाँच मात्र नभई सबै सुरक्षा संयन्त्र परिचालन गरी उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत तुल्याइएको बताए ।

    प्रहरीले दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन आएको आशंका गर्दै भारतीय हिजो मंगलबार दिनभर भारतीय र नेपाली सवारीसाधनको चेकजाँच गरेको छ । स्रोतका अनुसार सिन्धुलीको चियाबारीस्थित मञ्जरी र त्यसआसपासका होटलमा भारतीय सवारीसाधनको संख्या बढी भएपछि चेकजाँच बढाएको थियो ।

    प्रहरीले काठमाडौं प्रवेश गर्ने फर्पिङ, थानकोट, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीलगायत एक दर्जन क्षेत्रमा सबै सवारीसाधन रोकेर चेकजाँच गरेको छ । विशेष गरी साना सवारीसाधनबाट साना हतियार भित्रिएको आशंका उच्च सुरक्षा अधिकारीको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार