Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • दुर्गा प्रसाईँप्रति संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने – ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ

    दुर्गा प्रसाईँप्रति संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने – ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 753
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।

    मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताए ।



    उनले व्यवसायी दुर्गा प्रसाईँप्रति संकेत गर्दै ऋण लिए जबरजस्ती ऋण नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोड्ने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताए ।



    अर्थतन्त्रको शिथिलताका कारण कसैले सो ऋण तिर्न नसकेमा त्यसको सहजीकरणको काम नेपाल राष्ट्र बैंकले गर्ने निष्कर्ष पनि छलफलले सुझाएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार