Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेकपा फुटेकाे औपचारिक घोषणा हुन मात्रै बाँकी छ : प्रचण्ड

    नेकपा फुटेकाे औपचारिक घोषणा हुन मात्रै बाँकी छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 11.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने खतरा बढेकाे बताएका छन् । आफू निकट पत्रकारसँग बुधबार भएकाे भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बदला लिन खोजेको भन्दै नेकपा फुटकाे संघारमा पुगेकाे जानकारी दिए ।

    आफू निकट झण्डै ४५ जना पत्रकारसँगको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धन र पार्टी एकता भएको केही समयसम्म राम्रो व्यवहार गरे पनि पछि बदला लिन खोजेको आरोप लगाएका छन् ।



    उनले भने, ‘मैले सञ्चालन गरेका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी एकताबद्ध र सामूहिक निर्णयसहित अघि बढेकाले उनमा बदलाको भाव उत्पन्न भयो । बदलाको भाव केन्द्रीय कमिटीको बैठकपछि अझ बढी भयो ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार