Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सभापति देउवा भन्छन् – कानुन अभावले जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित भएन

    सभापति देउवा भन्छन् – कानुन अभावले जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित भएन

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 639
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुनको अभावमा जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताएका छन् ।

    नेपाल ड्रेमोक्रटिक लयर्स एसोसिएसन (डीएलए नेपाल) को ३४ औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।



    उनले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानुनको अभावमा उक्त हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताए ।



    संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानुन बनाउन सबै गम्भीर हुनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार