Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा चार करोडको भ्रष्टाचार मुद्दा पुनरावेदन

    विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा चार करोडको भ्रष्टाचार मुद्दा पुनरावेदन

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 795
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ ।​​

    गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेषले गरेको फैसलाविरुद्ध आयोगले मंगलवार पुनरावेदन मुद्दा दर्ता गरेको हो ।



    गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका राजेन्द्र ढुंगाना र मधु कोईराला (ढुंगाना)लाई विशेष अदालतले दाबी नपुग्ने फैसला गरेको थियो ।



    आयोगका अनुसार प्रतिवादी ढुंगानाले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४९ साउन १९ देखि २०७६ असोज ३० गतेसम्मको अवधिमा आयआर्जन गरेको रकमबाट विभिन्न खर्चहरू घटाउदा ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत खुलेको थिएन ।

    साथै उनले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मधु कोईराला (ढुंगाना) को नाममा राखेको राखेका आयोगको दाबी छ । आयोगले उनीहरू दुवैजनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    आयोगले उनीहरूविरुद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको बिगो कायम गरी सम्पत्ति जफतसहित सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार