Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चिसोका कारण जाजरकोटमा एक महिने शिशुको मृत्यु

    चिसोका कारण जाजरकोटमा एक महिने शिशुको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    जाजरकोट । चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ ।

    भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण मृत्यु भएको हो ।



    चिसोका कारण केही दिनदेखि बिरामी भएकी छोरीको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज ज्यान गएको बताइएको छ । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ जना पुगेको छ ।



    त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार