Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सर्वोच्च, माइतीघरदेखि बानेश्वरसम्मै निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म भेला हुन रोक

    सर्वोच्च, माइतीघरदेखि बानेश्वरसम्मै निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म भेला हुन रोक

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 747
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।



    आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ । अब सो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।



    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम यस्तो आदेश जारी गरिएको छ । यसअघि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार