Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपालमा बिस्तारै लगानी बढ्दैछ : अर्थमन्त्री महत

    नेपालमा बिस्तारै लगानी बढ्दैछ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 501
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको बताएका छन् ।

    सोमबार कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे ।



    उनले विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने बताए ।

    उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताए ।

    अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार