Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोना भाइरसकाे संक्रमण राक्न देशभरका १५ जिल्लामा कर्फ्यु

    कोरोना भाइरसकाे संक्रमण राक्न देशभरका १५ जिल्लामा कर्फ्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरसकाे संक्रमण रोक्न १५ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे छ । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी भएको छ । पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा तोकिएको छ । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६,७ र ८ मा निषेधात्रा लगाइएको मन्त्रालयले जनाएको छ ।



    त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्र, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा लगाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार