Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • परराष्ट्रमन्त्री साउदले भने – दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्छ

    परराष्ट्रमन्त्री साउदले भने – दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्छ

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 489
    SHARES

    कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरको दोधारा चादँनी नाकालाई सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास गनुपर्ने बताएका छन्।

    कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए ।



    परराष्ट्रमन्त्री साउदले भने,’भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ । कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो।’

    दोधारा चादँनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै उनले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार