Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक परिचालन

    भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक परिचालन

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 813
    SHARES

    काठमाडौं । जाजरकोट भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न नेकपा एमालेको स्वयंसेवक टोली प्रभावित क्षेत्र प्रस्थान गरेको छ ।

    भूकम्प प्रभावित क्षेत्रमा जाने एमाले स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामग्रीसहित पार्टी मुख्यालय च्यासलबाट बिदाइ गरेका हुन्।



    टोलीले स्थलगत अध्ययन गरी पीडित, प्रशासनसँग समन्वयपश्चात् काम सुरु गर्ने एमालेले जनाएको छ । एमालेको केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभागले भूकम्प प्रभावित क्षेत्रमा ११ सय स्वयंसेवकले दुई हप्ता काम गर्ने जनाएको छ ।



    पार्टीका विभिन्न जनसंगठन र मातहतका कमिटीका स्वयंसेवक ४० समूहमा बाँडिएर श्रमदानमा खटिने छ। भग्नावशेष पन्छाउने, मरेगलेका चौपाया हटाउने र पुनर्निर्माणको काम नहुन्जेलसम्म अस्थायी टहरा निर्माण गरिने एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार